दफा २२
कर्तव्य पालनको सिलशीलामा गरेको कामको बचाउ
: यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिले आफ्नो कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको कुनै कार्यबाट कसैको मृत्यु भएमा वा कसैलाई क्षति हुन गएमा त्यस्तो व्यक्ति उपर कुनै पनि अदालतमा मुद्दा चलाउन सकिने छैन ।
तर दफा ६२ र ६६ मा उल्लिखित कसुरहरुलाई कर्तव्य पालनको सिलसिलामा असल नियतले गरिएको कार्य मानिने छैन ।
स्पष्टीकरण : यस दफाको प्रयोजनकोलागि “कर्तव्यपालनको सिलसिलामा असल नियतले गरिएको कुनै कार्य” भन्नाले कर्तव्यपालना गर्दा गरिने कार्यका साथै आन्तरिक सुरक्षा वा आत्मरक्षाको लागि गरिने कार्य, फ्ल्यागमार्च, पेट्रोलिङ्ग, चपटे ड्युटी समेतलाई जनाउँछ ।